scheduleसोमवार चैत्र १७ गते, २०७६

विद्यालय पोशाकमै मृत भेटिए हराएका बालक

प्रतिकात्मक तस्बिर

राँझा, ७ चैत । तीन दिनदेखि हराइरहेका बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका–८ वर्षीय बालक मृतावस्थामा फेला परेका छन् ।

गत चैत ५ गते विद्यालयको पोसाकमै साइकलसहित हराएका अरबिन चौधरी आज घर नजीकैको नालाको डिलमा मृतावस्थामा फेला परेको स्थानीयवासी हेमन्त चौधरीले जानकारी दिए ।

मृतक अरबिनको कम्मरभन्दा माथिको कपडा नभएको, कानबाट रगत बगेको र घाँटीमा नीलडाम भएको अवस्थामा आज बिहान १०ः१५ बजे शव फेला परेको उनले बताए । तीन दिनअघि हराएका बालकको खोजी भइरहेको थियो । स्थानीय नवज्योति बोर्डिङ स्कूल चिलहिरियामा अध्ययनरत अरबिन्द घरको एक्लो सन्तान थिए ।

Dish_Home

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय