scheduleशुक्रवार चैत्र २१ गते, २०७६

कोरोनालाई नहेपौं, यो जंगली आगोझैं फैलिरहेछ (केही तथ्यहरुसहित)

काठमाडौं, ७ चैत । कोरोना भाइरसबाट मर्नेको संख्या १० हजार नाघेको छ । तथ्यांकहरु हेर्दा यस्तो लाग्छ कि यो जंगलको आगो जस्तै फैलिइरहेको छ ।

मृतकमध्ये अधिकांश यूरोपेली र चिनियाँ नागरिक रहेका छन् । इटली, इरान र स्पेनमा चीनपछि सबैभन्दा धेरै मानिस मरेका छन् ।

Dish_Home

एक हप्तामा दोब्बर संक्रमण

२०१९ मा चीनको वुहानबाट सुरु भएको कोरना भाइरस तीन महिनामा संसारका १६० भन्दा बढी देशमा फैलिइसकेको छ । अहिलेसम्म २ लाख ५५ हजार ८१२ जना संक्रमित भएकोमा १० हजार ४९५ जनाको मृत्यू भइसकेको छ । यसमध्ये ८९ हजार ९१८ जना कोरोनामुक्त भएर घर फर्किइसकेका छन् । मृत्यूको तथ्यांकहरु विश्लेषण गर्दा पछिल्लो एक हप्तामा दुई गुणा बढी संक्रमण भएको देखिन्छ । यूरोपमा संकट गहिरँदै गइरहेको छ । इटली र स्पेनलाई वुहानपछिको नयाँ गढ बनाइरहेको छ ।

यूरोपमा चुलिँदै संकट

चीनपछि सबैभन्दा बढी संक्रमण इटलीमा भएको छ । चीनमा अहिलेसम्म ८०,९७६ जनालाई संक्रमण भएको देखिन्छ भने ३,२४८ जनाको निधन भइसकेको छ ।

त्यस्तै, यूरोपमा इटलीमा ४१,०३५ जनालाई संक्रमण भएको छ भने ३,४०५ जनाको मृत्यू भएको छ । मृतकको संख्या चीनको भन्दा बढी हो । स्पेनमा १९,०७७ जनालाई संक्रमण हुँदा ८३१ जनाको ज्यान गएको छ ।

त्यस्तै, जर्मनीमा १५,३०२ जनालाई संक्रमण हुँदा ४४ जनाको मृत्यू भएको छ भने फ्रान्समा १०,९९५ जनालाई संक्रमण हुँदा ३७२ जनाको ज्यान गएको छ ।

यूरोपमा करोडौं मानिसहरु लकडाउनको अवस्था व्यहोरिरहेका छन् । अस्पतालमा बिरामी भरिएका छन् भने स्वास्थ्यकर्मीहरुको हालत दयनीय बनेको छ । हजारौं मानिसहरु स्वयम्सेवकको रुपमा खटिइरहेका छन् । यूरोपका कयौं देशमा एक देशबाट अर्को देश जाने अवस्था छैन ।

ईरानमा पनि थामिएको छैन मृत्यू, अमेरिका छैटौं स्थानमा

इटलीपछि पश्चिम एसियाली देश इरानमा सबैभन्दा बढी मानिसको कोरोना संक्रमणको कारण मृत्यू भएको छ । मृतकको हिसाबले यो तेस्रो राष्ट्र हो । इरानमा १८,३०४ जनालाई संक्रमण भएकोमा १,२८४ जनाको मृत्यू भएको छ ।

इरानका सर्वोच्च नेताले अनावश्यक यात्रा नगर्न फतवा पनि जारी गरेका छन् । तर, यसले कुनै प्रभाव पारिरहेको छैन । विशेषज्ञहरुका अनुसार इरानमा आवतजावत नरोकिए लाखौं मानिसहरु मर्न सक्छन् ।

पछिल्लो २४ घण्टामा संक्रमित मानिस र मर्ने मानिसको संख्या बढिरहेको छ । अमेरिकाको कयौं राज्य र स्थानीय सरकारहरुले पूर्णरुपमा बन्दको आदेश जारी गरेका छन् । क्यालिफोर्नियामा ४ करोड मानिस लकडाउनको सामना गरिरहेका छन् । अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमण हुने देशहरुको सूचिमा छैटौं स्थानमा रहेको छ ।

जंगलको आगो नबनोस् कोरोना, अन्यथा लाखौं मर्नेछन्ः संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्र संघका महासचिवले समयमै कोरोना नियन्त्रणमा ध्यान दिन नसके मानिसले कोरोना रोक्न नसक्ने चेतावनी दिएका छन् । उनले यो जंगलको आगोजस्तै फैलनसक्ने चेतावनी दिँदै यसबाट लाखौं मानिस मर्न सक्ने बताएका छन् । उनले कोरोनाको उपचार खोज्न ढिलाई गर्न नहुनेमा जोड दिएका छन् । संयुक्त राष्ट्र संघको ७५ वर्षको इतिहासमा सबैभन्दा ठूलो मानवीइ संकटबाट संसार नै प्रभावित भएको उनले बताएका छन् ।

७ दिनमा डेढ लाख मानिस संक्रमित

ध्यान दिनुपर्ने कुरा के छ भन् संसारभर केवल एक हप्ताभित्र डेढ लाख मानिसमा संक्रमण देखिएको छ । चीनभन्दा बाहिर नै १,६४,६०० मानिसमा संक्रमण देखिएको छ । संक्रमितको संख्या २,४७,७६२ पुगेको छ ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय