scheduleमगलवार जेष्ठ २० गते, २०७७

पतिमाथि हावी हुन्छन् यी राशिका पत्निहरू

विवाहका लागि चिनो जति कै राशि पनि महत्वपूर्ण हुन्छ । राशीले मानिसहरुको स्वभावमा प्रभाव पार्ने भएकोले सुखमय जीवन बिताउनका लागि राशिबारे थाहा पाउन आवश्यक हुन्छ ।

राशिले मानिसमा कमजोरी पैदा गराउँछ भने शक्ति पनि प्रदान गर्छ । केही त्यस्ता राशि हुन्छन्, जसले महिलालाई निकै शक्तिशाली बनाउँछ र वैवाहिक जीवनमा उनीहरुको सर्वोच्चतालाई स्थापित गराउन मद्दत पुर्‍याउँछ । त्यस्ता राशि भएका महिलाहरुले भविष्यमा आफ्ना श्रीमान्हरुलाई आफ्नो इशारामा नचाउन सक्छन् । त्यस्ता केही राशिबारे आज हामी तपाईहरुलाई बताउँछौं ।

Dish_Home

वृश्चिक एक जल राशि हो, जून शान्त, विनम्र र रहस्यमयी स्वभावको हुन्छ । यी राशि भएका मानिसहरुलाई बुझ्न सजिलो हुँदैन । तर यिनीहरुले अरुको मनको कुरा चाँडै बुझ्छन् । यी राशि भएका महिलाहरु आफ्ना श्रीमान्माथि हावी हुन्छन् र तिनीहरुलाई नियन्त्रणमा राख्छन् ।

मेष राशि भएका महिलाहरु त्यस्ता मानिससँग विवाह गर्न चाहन्छन्, जसले उनीहरुलाई पहिलो प्राथमिकतामा राख्न सकोस् । आफ्नो कुरामा अरुलाई सहमत गराउन यिनीहरु चलाख हुन्छन् । आफ्ना श्रीमान्लाई यी महिलाहरु नियन्त्रणमा राख्छन् ।

सिंह राशिवालाहरुको स्वामी सूर्य हो । यी राशिहरु जो कोहीसँँग प्रेम गर्छन्, पूर्ण समर्पण भावले गर्छन् । यी राशिका महिलाहरुलाई आदेश दिन आउँछ । तर कसैको आदेश सहन गर्न सक्दैनन् । यिनीहरु आफ्नो जीवनमा हस्तक्षेप चाहँदैनन् ।  यिनीहरु आफ्नो श्रीमानलाई पूरै बसमा राख्न चाहन्छन् ।

कन्या राशिका महिलाहरु एकदमै शान्त स्वभावका हुन्छन् । यिनीहरुमा आत्मविश्वास र समस्यासँग जुझ्न सक्ने क्षमता हुन्छ । कसैको अगाडी झुक्न चाहँदैनन् । यसकारण यस्ता राशि भएका श्रीमतीको नियन्त्रणमा श्रीमान्हरु फस्छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय