scheduleआइतवार चैत्र २३ गते, २०७६

कोरोना भाइरस संक्रमण : बालबालिकालाई कसरी बचाउँने ?

काठमाडौं, ७ चैत  । बालबालिकालाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी बचाउने भन्ने चिन्ता सबै अभिभावकमा अवश्य हुन्छ । भनेको नमान्ने, साना बालबालिका तथा नवजात शिशुको सुरक्षाका लागि यो चिन्ताको विषय हो ।

बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता पूर्ण विकास भइसकेको हुँदैन तसर्थ अभिभावकले ध्यान पुर्‍याउनुपर्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताए ।

Dish_Home

उनले अहिले सबै विद्यालय बन्द भइसकेका कारण बालबालिकालाई घरमा सुरक्षित कसरी राख्ने भन्ने विषयमा ध्यान पुर्‍याउनुपर्ने जानकारी दिँदै भने, ‘कोरोनाको त्रास र भ्रम फैलाउनु हुँदैन । बालबालिकालाई कोरोनाको त्रास दिएमा मानसिक समस्या आउँछ ।’

उनले बालबालिकालाई नेपालमा कोरोना आएको छैन तर सुरक्षा भने अपनाउनुपर्छ यो रोग लाग्दैमा मर्ने होइन जस्ता कुरा सम्झाउनुपर्ने जानकारी दिए । अभिभावकहरू आतङ्कित नहुन सुझाव दिँदै उनले थपे, ‘बालबालिकाको मृत्युदर निकै कम छ, सही सूचना प्रवाह गर्नुपर्छ । खानपिनमा ध्यान दिनुपर्छ सकभर बाहिरको खुवाउनु हुँदैन ।’  गोरखापत्र दैनिकमा यलु जोशीले खबर  लेखेकी छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय