scheduleमगलवार आश्विन १३ गते, २०७७

१४ वर्षीया बालिकाको खाडलमा डुबेर मृत्यू

प्रतिकात्मक तस्बि

कपिलवस्तु, ८ चैत । महाराजगञ्ज नगरपालिका वडा नं ९ सेमरहनामा एक बालिकाको डुबेर मृत्यु भएको छ । सेमरहनाका रामदिनेश तेलीका करिब १४ वर्षीया छोरी अन्जुलाको गाउँ नजिकै रहेको खाडलमा गए राति डुबेर ज्यान गएको हो ।

शौच गर्न घर बाहिर निस्केकी मनसिक अवस्था ठिक नभएकी अन्जुलाको गाउँ नजिकैको खाडलमा डुबेर ज्यान गएको प्रहरी चौकी कुशहवा बढनीका प्रहरी सहायक निरीक्षक विनय श्रीवस्तावले जानकारी दिए । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय