scheduleमगलवार चैत्र २५ गते, २०७६

समाजवादी पार्टी धादिङको अध्यक्षमा राम ढकाल


धादिङ, ८ चैत । तत्कालीन नयाँ शक्ति धादिङ र संघीय समाजवादी फोरम धादिङबीच समायोजन कार्यक्रम समापन भएको छ । शनिबार धादिङबेसीमा आयोजित समायोजन भेलाले समाजवादी पार्टी धादिङको अध्यक्षमा राम ढकाल ‘रितिक’लाई चयन गरेको छ ।

जिल्ला समितिको उपाध्यक्षमा प्रमोद पोखरेल, सानुकान्छा तामाङ, दिनेश भण्डारी, सचिवमा निरबहादुर श्रेष्ठ, सहसचिवमा अर्जुन सापकोटा र कोषाध्यक्षमा निकिता तामाङलाई चयन गरेको छ । उपाध्यक्ष सानुकान्छा र सचिव निरबहादुर श्रेष्ठ तत्कालीन संघीय समाजवादी फोरमबाट हुन भने अन्य पदाधिकारीहरु तत्कालीन नयाँ शक्तिका हुन् ।

भेलाले ६५ सदस्यीय जिल्ला समिति चयन गरेको नवनिर्वाचित अध्यक्ष ढकालले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष ढकाल माओवादी जनयुद्धमा जनसेनाको कमाण्डरका रुपमा लामो समय काम गरेका नेता हुन् ।

Dish_Home

डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति बनेसँगै माओवादी छाडेका ढकाल नयाँ शक्ति हुँदै समाजवादी पार्टीको संघीय परिषद सदस्यको रुपमा क्रियाशील रहँदै आएका थिए । नयाँ पुस्ताका अध्ययनशील नेताका रुपमा चिनिने ढकालले स्नातकोत्तरसम्मको अध्ययन गरिरहेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय