scheduleशनिवार आषाढ़ २७ गते, २०७७

कोरोना संक्रमणबाट बेलायतमा गोर्खा सैनिकको निधन


काठमाडौं, ८ चैन । कोरोना भाइरस संक्रमणका कारण बेलायतमा कार्यरत गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यू भएको छ । कोरोनाको कारण ज्यान गुमाउने राई पहिलो नेपाली हुन् ।

६६ वर्षीय पूर्व गोर्खा सैनिक राईको पुर्ख्यौली घर संखुवासभा हो । हाल उनी सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर-पश्चिममा पर्ने हृयारो सहरमा बस्दै स्थायी बसोबास गर्दै आएका थिए ।

चैत ४ गते बेलुका ८ बजे उनको लण्डनको नर्थविक पार्क हस्पिटलमा निधन भएको हो । सन् २००८ मा सेवा निवृत भएपछि बेलायत बसाई सरेका उनको परिवार त्यसअघि सुनसरीको इटहरीमा बसोबास गर्दै आएका थिए ।

उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । दुई वर्षअघि मृगौला प्रत्यारोपण गरेका उनी बिरामी भएपछि अस्पताल पुर्‍याइएको थियो । अहिले उनको परिवारका सदस्यहरुलाई आइसोलेशनमा राखिएको छ ।

कोरोना भाइरस संक्रमणका कारण विभिन्न रोगसँग जुधिरहेका वृद्धवृद्धाको मृत्यूदर बढी रहेको अनुसन्धानबाट खुल्दै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय