scheduleशुक्रवार चैत्र २१ गते, २०७६

पोर्ट्समाउथका तीन जना खेलाडी कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ, ९ चैत । इंग्ल्यान्डको लिग वान क्लब पोर्ट्समाउथका तीन जना खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् । केही दिनदेखि उनीहरु बिरामी रहेका थिए । परीक्षणपछि उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

मिडिया रिपोर्टका अनुसार उनीहरुलाई कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएसँगै अन्य खेलाडी तथा पदाधिकारीलाई समेत क्वारेनटाइनमा राखेर उपचार थालिएको छ ।

Dish_Home

पोर्ट्समाउथ क्लबका जेम्स बोल्टन, एन्डी क्यानन र सिन राग्गेटलाई कोरोनाको संक्रमण देखिएको जनाएको छ ।

उनीहरुको उपचार भइराखेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय