scheduleआइतवार चैत्र २३ गते, २०७६

कोरोना भाइरसका कारण रियल मड्रिडका पुर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु

काठमाडौँ, ९ चैत । रियल मड्रिडका पुर्व अध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसका कारण ७६ वर्षको उमेरमा मृत्यु भएको छ । उनी सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष थिए । केही दिनदेखि उनी भाइरसका कारण बिरामी परेका थिए ।

उनको अस्पतालमा उपचार भइराखेको थियो ।

Dish_Home

तर, शनिबार राति उनको निधन भएको छ ।

सन् १९४३ मा जन्मिएका उनले रियल मड्रिडको जिम्मेवारी सन् १९९५ मा पाएका थिए ।

त्यस समय रियल मड्रिडको राम्रो प्रभाव रहेको थियो । उनको कार्यकालमा घरेलु उपाधिका साथै युरोपियन कप समेत रियलले जितेको थियो ।

सन् २००० मा भएको चुनावमा भने उनी फ्लोरेन्टो पेरेजसँग पराजित भएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय