scheduleसोमवार चैत्र २४ गते, २०७६

युभेन्ट्सका स्टार खेलाडी पाउलो ड्याबला कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ, ९ चैत । युभेन्ट्सका स्टार खेलाडी पाउलो ड्याबला र उनकी प्रेमिका ओरियाना समेत कोरोना भाइरसबाट संक्रमित भएका छन् । यसको जानकारी उनीहरुले सामाजिक सञ्जालमार्फत गरेका हुन् । आफुहरु केही दिनदेखि बिरामी रहेको र कोरोना भाइरसबाट संक्रमित भएको आशंकापछि उपचार गर्दा संक्रमण फेला परेको उनले बताएका छन् ।

हाल आफुहरुको स्वास्थ्य अवस्था ठीक रहेको समेत उनले जानकारी दिएका छन् । योसँगै युभेन्ट्सका तीन जना खेलाडी भाइरसबाट संक्रमित भएका छन् ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय