आलिया र रनवीरको ब्रेकअप भएकै हो त ?
काठमाडौँ, ९ चैत । बलिउडमा पछिल्लो समय निकै चर्चामा रहेको जोडी हो आलिया र रनवीर । तर, यो जोडीको पनि ब्रेकअपको हल्ला बाहिर आएको छ । तर, उक्त रिउमर झुटो भएको बताइएको छ । आलियाको जन्मदिनका दिन रनवीर नदेखिएपछि यी दुईबीच सम्बन्ध बिग्रिएको अनुमान गरिएको थियो ।
तर, मिडिया रिपोर्टका अनुसार कोभिड १९ कारण यी दुई जोडीले आफ्नो परिवारलाई समय दिएका छन् । रनवीर कपुरका पिता ऋषि कपुर अस्वस्थ रहेका छन् ।
उनको हेरचाहका लागि पनि रनवीरले परिवारलाई अधिक समय दिएको बताइएको छ ।
आलियाले पनि रनवीरसँग सम्बन्ध बिग्रिएको कुराबारे प्रतिक्रिया दिएकी छन् । उनले हल्लाबारे प्रतिक्रिया दिदै भनेकी छन्, ‘यो सबै झुटा हो ।’
यो जोडीले छिट्टै नै विवाह गर्ने तयारी गरेको समेत बताइएको छ ।