scheduleसोमवार चैत्र २४ गते, २०७६

मृगौला प्रत्यारोपणपछि ओलीले पहिलोपटक बोलाए मन्त्रिपरिषद बैठक


काठमाडौं, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । यो बैठक उनको दोस्रो सफल मृगौला प्रत्यारोपणपछिको पहिलो बैठक हो ।

संक्रमणको जोखिममा रहेका प्रधानमन्त्रीका लागि छुट्टै कक्ष निर्माण नभएको भन्दै यसअघि मन्त्रिपरिषद्को बैठक बोलाउन सकिएको थिएन ।

उनले यसअघि मृगौला प्रत्यारोपणको अघिल्लो दिन अर्थात् फागुन १८ गते मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । प्रधानमन्त्री स्वदेशमै रहेको बेला कार्यवाहक दिन नमिल्ने अभ्यासका कारण यसबीचमा मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन ।

Dish_Home

विश्वव्यापी महामारीविरुद्ध काम गर्न फागुन १८ गतेको बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना सतर्कताका लागि उच्चस्तरीय समन्वय समिति गठन गरेको र हालसम्म त्यही समितिले काम गर्दै आएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय