scheduleसोमवार आषाढ़ २२ गते, २०७७

गाउँ-गाउँमा सचेतनासहित मास्क बाँढ्दै समाजवादी युवा


कैलाली, ९ चैत । विश्वभरी महामारीको रुपमा लिइरहेको कोरोना भाइरसविरुद्ध जनचेतना जगाउँदै सतर्कता बढाउन विभिन्न पक्षहरु सक्रिय छन् । यसैबीच, समाजवादी पार्टी कैलालीको लम्किचुहा नगर कमिटीले नगरका ५ र ७ वडामा जनचेतनासँगै एक हजार कपडाको मास्क वितरण गरेको छ ।

समाजवादीका युवा नेता टंकप्रसाद धमलाका अनुसार विश्वमै संकट बढाइरहेको कोरोनाबारे सर्वसाधारणलाई जनचेतना फैलाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । समाजवादी विद्यार्थी युनियन केन्द्रीय उपाध्यक्ष समेत रहेका धमलाले स्थानीय पार्टी कमिटीको अगुवाईमा मास्क वितरण गरेको जानकारी दिए ।

मास्क वितरणसँगै सचेतना फैलाउने सामग्रीसहित स्थानीयसँग मिलेर काम गरिरहेको उनले जानकारी दिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय