scheduleसोमवार चैत्र २४ गते, २०७६

‘सेल्फ क्वारेन्टाइन’मा प्रचण्ड, शरीर चुस्त राख्न साइक्लिङमा सरर … (भिडियोसहित)

काठमाडौं, ९ चैत । सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड यतिबेला सेल्फ क्वारेन्टाइनमा छन् । खुमलटारस्थित निजी निवासमा सेल्फ क्वारेन्टाइनमा रहेका प्रचण्डले शारीरिक स्वास्थ्यका लागि उनी साइक्लिङमा व्यस्त रहेको तस्बिर सार्वजनिक भएको छ ।

प्रचण्डका ज्वाईं जीवन आचार्यले सार्वजनिक गरेको साइक्लिङको तस्बिरहरु र भिडियोमा प्रचण्ड साइक्लिङमा मस्त रहेको देखिन्छ ।

Dish_Home

‘सेल्फ क्वारेन्टाईनका बेला पनि शरीर चुस्त राख्न जरुरी छ। शारीरिक व्यायामले ईम्युनिटी पावर बढाई कोरोना विरुद्ध लड्न मद्दत पुर्‍याउँदछ,’ नेकपा नेता तथा प्रचण्डका ज्वाई आचार्यले फेसबुकमा लेखेका छन् ।

हेर्नुहोस् भिडियो-

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय