scheduleमगलवार चैत्र २५ गते, २०७६

बहराइनमा ३ नेपालीमा कोरोना संक्रमण भेटियो


काठमाडौँ, ९ चैत । वैदेशिक रोजगारीको क्रममा बहराइन पुगेका ३ नेपाली श्रमिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण भेटिएका तीनजना नेपालीलाई त्यहाँको सरकारले गुणस्तरीय सेवा दिइरहेको बहराइनका लागि नेपाली राजदूताबासले जनाएको छ ।

दूताबासका अनुसार एक महिलासहित थप ३ जनालाई पनि परीक्षणका लागि क्वारेन्टाइनमा राखिएको छ । संक्रमण भेटिएका तीनैजना फरक फरक कम्पनीमा काम गर्छन् ।

संक्रमित नेपालीहरु काम गरिरहेका कम्पनिमा कार्यरत सबैलाई निगरानीमा राखिएको बहराइन सरकारले जानकारी दिएको नेपाली दूताबासले जानकारी दिएको छ ।

Dish_Home

बहराइनमा व्यवस्थित क्वारेन्टाइन रहेको र सरकारले सक्रियताका साथ नागरिकको स्वास्थ्य जाँच गरिरहेको दूतावासले जानकारी दिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय