scheduleबिहिवार चैत्र २० गते, २०७६

यी दुई खेलाडी बेचेर नेयमार किन्ने तयारीमा बार्सिलोना

काठमाडौँ, १० चैत । बार्सिलोनाले दुई स्टार खेलाडी बेच्ने तयारी गरेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार बार्सिलोनाले एन्टोनियो ग्रिजम्यान र फिलिपिन्हो कोटिन्हो बेच्ने तयारी गरेको छ । उनीहरुलाई बेचेर क्लबले नेयमार किन्ने तयारी गरेको समेत बताइएको छ ।

क्लबले सोचेजस्तो खेल उनीहरुले पस्कन नसकेका कारण पनि नेयमारको आवश्यकता बढी देखिएको बताइएको छ । घरेलु लिगमा प्रभाव जमाएको बार्सिलोनाले च्याम्पियन्स लिगमा भने बारम्बार चुक्दै आइरहेको छ ।

Dish_Home

पछिल्लो समय बार्सिलोनाले सन्तुलित खेल पस्कन सकेको छैन ।

त्यस्तै खेलाडीहरुमा पनि तालमेल नमिलेका कारण गतिलो नतिजा हात पार्न सकेको छैन । मिडिया रिपोर्टका अनुसार कोटिन्हो र ग्रिजम्यानलाई बेच्न सके नेयमारलाई बार्सिलोना ल्याउने तयारी लगभग पुरा हुने बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय