scheduleबिहिवार चैत्र २० गते, २०७६

‘पोखरामा ग्याँसको अभाव छैन’

काठमाडौँ, १० चैत । पोखरामा खाना पकाउने (एलपी) ग्याँसको अभाव नभएको एलपी ग्याँस विक्रेता संघ कास्कीका अध्यक्ष बालकुष्ण कोइरालाले बताएका छन् । पोखरा महानगर उपभोक्ता हित संरक्षण समितिको आइतबार बैठकमा बोल्दै उनले पोखरामा नियमित ग्याँस आपूत्ति भैरहेको बताउदै उपभोत्ताले आवश्यकता भन्दा बढि ग्याँस सिलिण्डर सञ्चय गरेका कारण समस्या देखिएको बताए । पोखरामा मासिक १ लाख ४० हजार ग्याँस विक्री हुने गरेको बताए ।

पोखरामा विभिन्न १७ वटा कम्पनीको ग्याँस बिक्री हुने गरेका छन् । नियमित ग्याँस आयात भैरहेको छ अध्यक्ष कोइरालाले भने, ‘ एउटै परिवारले दुई देखि पाँच वटा सम्म सिलिण्डर सञ्चय गरेका कारण बजारमा ग्याँसको अभाव सृजना भएको छ । तर आयात नियमित छ ।’ उनका अनुसार शक्ति ग्याँसको ५५ हजार मासिक विक्री रहेकौ र अन्य ग्यासको पनि सोही हाराहारीमा रहेको छ । ‘हामीले आएका सवै ग्याँस सिलिण्डर बजारमा पठाएका छौ एउटा पनि हामीे स्टक गरेका छैनौ । प्रशासनले निर्देशन नदिदाँसम्म हामी स्टक राख्दैनौ ।’

Dish_Home

पोखरा महानगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा सम्पन्न बैठकलेमा उनले एउटै परिवारले सात वटासम्म ग्याँस राख्ने तर एउटा सिलिण्डर हुनेले नपाउने अवस्था छ त्यसैले समानुपातिक वितरण प्रणालीको व्यवस्था आवश्यक रहेको बताइन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय