scheduleबुधवार जेष्ठ २१ गते, २०७७

सातदिनमै क्वारेनटाइन छोडेर हिगुइन हिडेपछि…

काठमाडौँ, १० चैत । युभेन्ट्सका फरवार्ड गोन्जालो हिगुइन पछिल्लो समय निकै अलोचित बनेका छन् । इटालीमा १४ दिन क्वारेनटाइनमा रहेका उनी सात दिनमा नै अर्जेन्टिना फर्केपछि उनी आलोचित भएका हुन् । यसबारे उनका भाई निकोलाले प्रतिक्रिया दिएका छन् ।

निकोलाले आफ्ना नितान्त पारिवारिक विषयबाट पर रहन मिडियासँग आग्रह गरेका छन् । उनले भनेका छन्, ‘हाम्री आमा क्यान्सरसँग जुधिरहेकी छिन् । यस अवस्थामा उनलाई आफ्ना सन्तानको साथ र सहयोगको खाँचो रहेको छ ।’

Dish_Home

मिडियाले गरेको मनलाग्दी टिप्पणीले आफुहरुलाई दुःखी बनाएको उनले बताएका छन् । हिगुइनले क्वारेनटाइनको नियम पालना नगरेको भन्दै उनीविरुद्ध कानुनी कारबाही गर्न समेत आग्रह गरेपछि निकोलाले मुख खोलेका हुन् । हिगुइनका वकिलले यसबारे अध्ययन गरिरहेको बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय