scheduleसोमवार चैत्र २४ गते, २०७६

स्वास्थ्यमन्त्रीको पत्रकार सम्मेलनको व्यापक आलोचना


काठमाडौं, १० चैत । संसारभर कोरोना संक्रमणको महामारी फैलिइरहेको छ । यसको प्रभाव नेपालमा पनि देखिने भइहाल्यो । सरकारले २५ जनाभन्दा बढीको भेला नगर्न निर्देशन जारी गरेको छ ।

तर सरकारकै एक मन्त्रीले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरे स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारी निर्देशनको अवज्ञा गर्दै परम्परागत ढंगको पत्रकार सम्मेलन आयोजना गर्‍यो । उक्त पत्रकार सम्मेलनमा एकजना मात्रै संक्रमित मानिसको उपस्थित रहेको भए पनि अन्य धेरैलाई सर्ने सम्भावना देखिन्छ ।

यो भन्दा पनि महत्वपूर्ण कुरा सन्देशको हो । एकातिर स्वास्थ्यमन्त्रीले सरकारी निर्देशनको अवज्ञा गरेका छन् भने अर्कोतिर स्वास्थ्य मन्त्रीको गतिविधिले नकरात्मक सन्देश गएको छ ।

Dish_Home

सूचना प्रविधिको अभूतपूर्व विकास भएको छ । सूचना सम्प्रेषण गर्ने दर्जनौं सर्वसुलभ विकल्पहरु छन् । तर, मन्त्री ढकालले सानो तिनो आमसभाकै आयोजना गरेको सामाजिक सञ्जालमा आलोचकहरुले लेखेका छन् ।

कतिपयले यसै साता अष्ट्रेलियामा गरिएको पत्रकार सम्मेलनको तस्बिर समेत राखेर सोमबारको पत्रकार सम्मेलनको तुलना गरेका छन् । उक्त तस्बिरमा भौतिक दूरी कायम राखेर पत्रकार सम्मेलन आयोजना गरेको देखिन्छ ।

मन्त्री ढकालको पत्रकार सम्मेलनको शैलीको सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ ।

जनक पाण्डे फेसबुकमा लेख्छन्-

पत्रकार टिपी भुसाल लेख्छन्-

ट्वीटरमा पत्रकार निरोज लेख्छन्-

फ्रान्सबाट रामचन्द्र भण्डारीको सन्देश छ-

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय