scheduleआइतवार चैत्र २३ गते, २०७६

अनलाइनबाट तिर्नुहोस् विद्युत महसुल, ढिलो भए लाग्दैन जरिवाना


काठमाडौं, १० चैत । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले विद्युत महसुल अनलाइनबाट भुक्तानी गर्न आग्रह गरेका छन् । ग्राहकहरुलाई अपिल गर्दै मन्त्री पुनले कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम कम नभएसम्म अनलाइनबाट मात्रै महसुल भुक्तानी गर्न आग्रह गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरण संचालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले सोमबार बसेको संचालक समितिको बैठकले विद्युत महसुल बुझाउन ढिलाइ भएमा जरिवाना नलाग्ने र लाइन नकाटिने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘महसुल काउण्टरहरूमा भिडभाड हुने भएकाले कोभिड–१९ को संक्रमण उच्च हुने ठानेर अनलाइन प्रणालीमार्फत महसुल भुक्तानी गर्न ग्राहकलाई आग्रह गरेका छौं, इन्टरनेटको उपलब्धता नभएको वा अन्य कारणले महसुल भुक्तानी गर्न नसक्‍नेग्राहकको सेवा अवरुद्ध गरिने छैन र जरिवाना लिइने छैन ।’

यद्यपि, बैठकले नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाईबिदा नदिने निर्णय गरेको छ । बिहान र बेलुका अनिवार्य हाजिरीको व्यवस्था गर्न प्राधिकरणका सबै उत्पादन र वितरण केन्द्रका कार्यालय प्रमुखहरूलाई समिति बैठकले निर्देशन जारी गरेको हो । सरकारले विद्युतलाई पनि अत्यावश्यक सेवामा राखेकोले यस्तो निर्णय गरेको मन्त्री पुनले स्पष्ट पारे ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय