scheduleआइतवार चैत्र २३ गते, २०७६

कोरोना रोकथाम कोषमा १ करोड १५ लाख सघाउने ग्लोबल आइएमई बैंकको घोषणा


काठमाडौं, १० चैत । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले आइतबार घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा एक करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ ।

सँगसँगै सोही उद्देश्यका लागि कान्तिपुर पब्लिकेशनद्वारा स्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम’ कोषमा बैंकले १५ लाख आर्थिक सहयोग प्रदान गरेको बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जानकारी दिए ।

कोभिड–१९ ले विश्वसमुदायलाई त्रसित बनाइरहेको र नेपाल पनि उच्च जोखिममा रहेको यस घडीमा सरकारसँग हातेमालो गर्दै बैंकले उक्त रकम उपलब्ध गराएको उनले जानकारी दिए ।

Dish_Home

यस योगदानबाट कोरोना भाईरस विरुद्व लड्न नेपाल सरकारलाई थप प्रेरणा र सहयोग पुग्ने विश्वास बैंकले लिएको ढकालले जानकारी दिए । बैंकले आफ्नो स्थापनाकालदेखि नै विभिन्न दैवी प्रकोप तथा अन्य विपतमा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको स्मरण गराएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय