scheduleशुक्रवार चैत्र २१ गते, २०७६

चैत २१ गतेसम्मका लागि चितवनका १५ पत्रपत्रिका बन्द


चितवन, १० चैत । जिल्लामा सञ्चालनमा रहेका छापा माध्यम यही चैत २१ गतेसम्मका लागि बन्द गरिएको छ ।

कोभिड–१९ को त्रासका कारण जिल्लामा समाचार सङ्कलन गर्न नियमित काममा खटिन र खटाउन नसक्ने अवस्था आएका कारण छापामाध्यम बन्द गरिएको जिल्लाबाट सञ्चालित १५ पत्रिकाले आज एक विज्ञप्ति जारी गरेका छन् ।

पत्रपत्रिकाका माध्यमबाटसमेत कोभिड–१९ सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने खतरा भएका कारण छापा माध्यम बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘पत्रपत्रिका बन्दका कारण निरन्तर सूचना पाउने पाठकको हक कुण्ठित हुन नदिन अनलाइन संस्करण निरन्तर गरिने छ ।’ रासस

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय