scheduleसोमवार चैत्र २४ गते, २०७६

चौहान बने मध्य प्रदेशको मुख्यमन्त्री, आजै शपथ


भूपाल, १० चैत । भारतको मध्य प्रदेशको मुख्यमन्त्रीका रुपमा भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता शिवसिंह चौहान चयन भएका छन् ।

स्थानीय समयअनुसार सोमबार बेलुका पार्टीको मुख्यालयमा बस्ने पार्टी संसदीय दलको बैठकले उनलाई अनुमोदन गर्नेछ ।

पार्टी बैठकपछि सोमबार नै बेलुका ९ बजे उनले सपथ ग्रहण गर्ने तालिका रहेको नेताहरुले बताएका छन् । नेता चौहान यसअघि सन् २००३ देखि २०१८ सम्म पनि मुख्यमन्त्री भएका थिए ।

निवर्तमान मुख्यमन्त्री कमल नाथले यही मार्च २० तारिखका दिन राजीनामा दिएपछि चौहानले फेरि मुख्यमन्त्री हुने मौका पाएका हुन् ।

Dish_Home

भारतीय राष्ट्रिय काँग्रेसका २२ जना विधायकले पार्टी परित्याग गर्ने र विधायक पदबाट राजिनामा दिने घोषणा गरेपछि काँग्रेस नेता कमलनाथले गभर्नर लालजी टन्डन समक्ष राजीनामा बुझाएका थिए ।

योसंँगै भारतको मध्य प्रदेश राज्यमा सत्ता परिवर्तन भएको हो । एएनआई

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय