scheduleमगलवार आश्विन १३ गते, २०७७

पूर्वमन्त्री बास्कोटाले पनि एक महिनाको तलब सरकारी कोषमा बुझाउने


काठमाडौं, १० चैत । पूर्वमन्त्री तथा नेकपा नेता गोकुल बास्कोटाले आफ्नो एक महिनाको तलब कोरोना भाईरस (कोभिड –१९) रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले आइतबार घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’लाई बुझाउने जानकारी दिएका छन् ।

पूर्वमन्त्री बास्कोटा बहालवाला सांसद हुन् । उनले आफ्नो एक महिनाको तलब सरकारी कोषमा बुझाउने घोषणा गरेका हुन् । सोमबार राति ट्वीट गर्दै उनले भनेका छन्, ‘जसले जसरी लिउन् त्यो उनको आग्रह वा बुझाईको सीमाभित्रको विषय हो तर मेरो एक महिनाको तलब कोरोना विरुद्धको सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’

पूर्वमन्त्री बास्कोटा भ्रष्टाचारको आरोप लागेसँगै नैतिकताको आधारमा मन्त्रिपदबाट राजीनामा दिएर बसिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय