scheduleबिहिवार चैत्र २० गते, २०७६

कोरोना असरः च्याम्पियन्स लिग र यूरोपा लिगका खेलहरु अनिश्चित

काठमाडौँ, ११ चैत । विश्वभर कोरोना भाइरसको प्रकोप रहेको छ । विश्वभर कोरोना भाइरसका कारण १६५०० जनाको मृत्यु भएको छ । त्यस्तै ३ लाख ७८ हजारभन्दा बढी संक्रमति भएका छन् । विश्वभर फैलिएको यो महामारीका कारण खेलकुद क्षेत्र लगायत अन्य क्षेत्रमा नराम्रो असर पारेको छ । युरोपेली फुटबल महासंघ (यूईएफए)ले च्याम्पियन्स लिग फाईनल अनिश्चित भएको छ ।

युरोपमा कोरोना बढ्दो संक्रमणलाई यूईएफएले च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल अनिश्चित समयका लागि स्थगित गरेको हो ।

Dish_Home

टर्कीको ईस्तानबुलस्थित एटाटुरक ओलम्पिक स्टेडियममा च्याम्पियन्स लिगको फाइनल खेल हुने यस अघि नै तय भएको थियो ।

उता यूईएफएका अनुसार यूरोपा लिग र वुमन च्याम्पियन्स लिगको फाईनल समेत अनिश्चित भएको छ ।

अन्तिम १६ को दोस्रो लेगको चार चरणको खेल अझै बाँकी छ । केही टोलीले अर्को चरणमा प्रवेश गरे पनि अन्य खेलको भने टुंगो लाग्न सकेको छैन । त्यस्तै हालका सिजनको खेल सकाउन युरो कप पनि एक वर्ष पर धकेलिएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय