scheduleआइतवार चैत्र २३ गते, २०७६

कोरोनाको त्रासले नछोएको यो देश, मेस्सी र रोनाल्डोलाई फुटबलको मज्जा लिन निम्तो

काठमाडौँ, ११ चैत । विश्व कोरोना भाइरससँग जुधिरहेका बेला उता बेलारुसमा भने यसको असर खासै देखिएको छैन । पुर्वी युरोपमा रहेको यो देशमा फुटबल खेलहरु भइराखेका छन् । पुर्व आर्सनल तथा बार्सिलोना खेलाडी अलेक्जण्डर हेल्भले बेलारुसमा कोरोना भाइरसको असर नपरेको बताएका छन् ।

उनले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो बेलारुसमा आएर फुटबल खेल्न सक्ने बताएका छन् ।

Dish_Home

अन्य देशहरुमा सबै खेलकुद कार्यक्रम स्थगित भएका छन् । तर, बेलारुसमा भने विहीबार विशेष फुटबल खेल हुँदैछ ।

उनले भनेका छन्, ‘हाल विश्वले बेलारुसको लिग हेरेको छ । सबैले टेलिभिजनबाट फुटबलको मज्जा लिइरहेका छन् । जब एनएचएल सकिन्छ तब हक्की खेल्न खेलाडीहरु रसिया जानेछन् ।’

अधिकारीहरुले बेलारुसले वेबास्था गरिरहँदा पछि इटाली र अमेरिका झैँ संकट भोग्नु पर्ने बताएका छन् । हालसम्म बेलारुसमा ८३ जना कोरोना संक्रमित रहेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय