scheduleआइतवार चैत्र २३ गते, २०७६

‘कोरोना भाइरस एक महिनामा नियन्त्रणमा आउँदैन, लिगको कुरा त परै छ’

काठमाडौँ, ११ चैत । इटालियन क्लब एटलान्टाका स्टार खेलाडी पपु गोमेजले कोरोना भाइरस एक महिनमा नियन्त्रणमा नआउने बताएका छन् । उनले यो संकटबाट विश्व बाहिर आउने लामो समय लाग्ने अनुमान गरेका छन् ।

यस सिजन घरेलु लिग र च्याम्पियन्स लिगमा उत्कृष्ट खेल प्रदर्शन गरेका उनले कोरोनाका कारण खेलहरु सञ्चालन हुन महिनौँ लाग्ने बताएका छन् ।

Dish_Home

मार्च १० मा भएको च्याम्पियन्स लिग खेलमा एटलान्टाले भ्यालेनसियालाई पाखा लगाउँदै अन्तिम आठमा स्थान बनाउन सफल भएको थियो ।

उनले भनेका छन्, ‘यो कठिन समयमा म फुटबलबारे सोच्ने अवस्थामा रहेको छैन । छोटो समयमा नै फुटबल सञ्चालन हुने अवस्था रहेको छैन । यो समस्याको हल हुने समय पनि धेरै लाग्ने अवस्था देखिएको छ । तर, दैनिक आफु खेल अभ्यास गरिराखेको छु । यसले पनि मलाई खेलप्रति आफ्नो जिम्मेवारी सम्झाइरहन्छ ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय