scheduleबिहिवार चैत्र २० गते, २०७६

आँसु र कोरोना

कविता
अशोक थापा

 

ए आँसु
वर्षिनु पर्छ तँ बेतोडले
खनिनु पर्छ चेरापुन्जी बनेर
छ्‌यालब्याल्
मानववस्ती भरि घनघोर
मडारिनु पर्छ असमेल भुमरीमा
रुमलिनु पर्छ कुनकाप्चा र बस्तीहरूमा
शुद्धताको सुनकोशी र
कल्याणको कर्नाली बनेर
यत्रतत्र
सर्वत्र जहाँ एक चिम्टी
अस्तित्व पुगेको होस् मान्छेको
ए पवित्र आँसु वैरिनु पर्छ तँ
त्यसरी
जसरी मडारिएको थियो भगीरथ गंगा
गंगोत्री फुटाएर आँखाबाट
जहाँ रुने मान्छले गर्व गरोस्
भक्कानिएर रुनमा
रुनु सबैभन्दा भव्य कला हो
कोरोनाको भुङ्ग्रोबाट मानव जातिलाई
सकुशल बाहिर निकाल्न
ए आँसु, मेरो पवित्र अमृत
तँ बर्सिनु पर्छ
मुसलधारे मुस्लो बनेर ।
दर्‌दर्‌दर्‌द
मानववस्तीहरूमा ।

(पोखरा)

Dish_Home

२०७६-१२-१०

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय