scheduleआइतवार चैत्र २३ गते, २०७६

‘यदि मेरो छोरोलाई जेल सजाय हुन्छ भने पनि उ जेल जान तयार छ’

काठमाडौँ, ११ चैत । रियल मड्रिडका स्टार खेलाडी लुका जाेभिक पछिल्लो समय निकै आलोचित भएका छन् । सेल्फ आइसोलेशनमा नबसकेका कारण उनी आलोचित भएका हुन् । उनले क्लबलको नियमको पालना उल्लघंन गरेको बताइएको छ । क्लबको नियम उल्लंघन गरेका कारण कारबाही गरिने प्रक्रिया अगाडि समेत बढाइएको मिडिया रिपोर्टमा उल्लेख छ । यसबारे उनका पिता मिलान आफ्ना छोरालाई लिएर प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘यदी मेरो छोरोलाई जेल सजाय हुन्छ भने पनि उ जेल जान तयार छ ।’

उनले भनेका छन्, ‘उ सबै परीक्षणमा पास भएपछिमात्रै सेल्फ आइसोलेशनबाट बाहिर आएको र आफ्नी प्रेमिकाको जन्मदिन मनाउन गएको हो ।’

Dish_Home

उनी अगाडि भन्छन्,’उसको दुईवटा टेस्ट भएको थियो । दुवै नेगेटिभ आएको थियो । त्यसपछिमात्रै उ सर्भिया आएको हो ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय