scheduleआइतवार चैत्र २३ गते, २०७६

अनिश्चित समयका लागि ला लिगा स्थागित

काठमाडौँ, ११ चैत । अनिश्चित समयका लागि ला लिगा स्थागित भएको छ । त्यस्तै स्पेनका अन्य खेलकहरु पनि अनिश्चित समयका लागि स्थगित भएका छन् । पछिल्लो समय कोरोना भाइरसका कारण स्पेनमा भयावह स्थिति रहेको छ । इटाली र अमेरिकापछि सबैभन्दा ठुलो नोक्सानी स्पेनले भोगिरहेको छ । सम्भावित थप संकट आउन नदिन अनिश्चित समयका लागि स्पेनले सबै फुटबल गतिविधि प्रतिबन्ध गरेको हो ।

स्पेन लकडाउन भइसकेको छ ।

Dish_Home

कोरोना भाइरसको संक्रमण यही अवस्थामा रहे थप भयावह स्थितिसँग जुध्न स्पेन झन् तयारी गर्नुपर्ने बताइएको छ ।

स्पेनमा कोरोना भाइरस संक्रमितहरुको संख्या ३५१३६ पुगेको छ भने २३११ जनाको मृत्यु भएको छ । सोमबारमात्रै कोरोना भाइरसका कारण ५३९ जनाको मृत्यु भएको छ ।

एक दिनमा नै स्पेनमा ६३६८ जना संक्रमितहरु फेला परेका छन् । यति धेरै संक्रमित एक दिनमा नै फेला परेको र संक्रमितहरुको ज्यान गएको यो पहिलो घटना हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय