scheduleबिहिवार चैत्र २० गते, २०७६

उच्च ज्वरो र रुघाखोकीले ग्रसित भएर आइसोलेसनमा बसेका युवाको निधन


चितवन, ११ चैत । उच्च ज्वरो र रुघाखोकीले ग्रस्त बनेपछि आइसोलेसनमा बसेका वीरगञ्जका ३० वर्षका युवकको मृत्यू भएको छ । उनी भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत थिए । मंगलबार विहान ७ बजे उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

यसअघि उनी चितवन मेडिकल कलेजमा उपचाररत थिए । केही दिनअघि उनलाई कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो ।

हाल उनको शव अस्पतालमै रहेको छ । कोरोनाको आशंकामा आइसोलेसनमा राखिए पनि उनको कोरोना परीक्षणको रिपोर्ट भने आउन बाँकी छ ।

Dish_Home

मंगलबार मात्रै उनको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय