scheduleशुक्रवार चैत्र २१ गते, २०७६

न्युयोर्कमा दुई नेपालीमा कोरोना सङ्क्रमण भेटियो


न्यूयोर्क, ११ चैत । अमेरिकामा बसोबास गरिरहेका दुई नेपालमा कोरोना सङ्क्रमण भेटिएको छ । कुइन्सस्थित एल्मस्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा एक ५० वर्षीय व्यक्तिको भने अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

संक्रमितमध्ये दुवैजना न्यूयोर्क राज्यमा बसोबास गर्दै आएका छन् । ५० वर्षीय व्यक्ति मधुमेहका बिरामी थिए । अहिले परिवारका सबै सदस्यको स्वाब परीक्षणमा पठाइएको र मंगलबारसम्म रिपोर्ट आउने बताइएको छ ।

परिवारका अन्य सदस्यहरु घरमै बसिरहेका छन् ।

Dish_Home

अर्का बिरामी एक ४७ वर्षीय ट्याक्सी चालक हुन्, जसले उच्च रक्तचापको औषधि पनि प्रयोग गर्दै आएका थिए । सुरुमा उच्च ज्वरो आएर अस्पताल लगिएका उनलाई केही दिनपछि अक्सिजनको कमिका साथै निमोनिया पनि देखिएको पारिवारिक स्रोतले जनाएको छ ।

अमेरिकामा अहिलेसम्म ४ सय ४० मानिसले कोरोना संक्रमणको कारण ज्यान गुमाइसकेका छन् भने ३३ हजार ३ सयभन्दा बढी मानिस संक्रमित भेटिएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय