scheduleआइतवार चैत्र २३ गते, २०७६

सर्लाहीमा एक साताका लागि कर्फ्यू, सबै सीमा नाकाहरु ‘सिल’


एसपी यादव/सर्लाही, ११ चैत । नेपाल सरकारले संक्रामक रोग ऎन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गर्दै नेपालभर कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलन सक्ने सम्भावनालाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले एक साताका लागि कर्फ्यूको घोषणा गरेको छ । मंगलवार बिहान ६ बजेदेखि चैत १८ गते मंगलवार बिहान ६ बजेसम्म सम्म लागू हुने गरी स्थानीय प्रशासन ऎन, २०२८ को दफा ३ बमोजिम ७ दिनसम्मका लागि अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सर्लाही जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

चैत ९ गते आइतबारका दिन जिल्ला सुरक्षा समितिको बैंठकले सो निर्णय गरेको सर्लाही प्रहरी प्रमुख एसपी विश्वमणी पोखरेलले जानकारी गराएका छन् ।

भारतबाट खुला सीमानाका फाइदा उठाउँदै ठूलो संख्यामा सर्वसाधारण नेपाल प्रवेश गर्न थालेपछि प्रशासनले निषेधाज्ञा लगाएको बुझिएको छ । यद्यपि प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीका अनुसार, भीडभाड हुन नदिन तथा संभावित संक्रमण फैलिनबाट सर्वसाधारणलाई जोगाउनका लागी उक्त निर्णय गरेको बताए ।

Dish_Home

उनले भने, ‘निषेधाज्ञा अवधिभर अनुमति प्राप्त सवारी साधान, एम्बुलेन्स, दमकल, दुध बोक्ने गाडी, शवबाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजि यात्रुबाहक सवारीसाधन (मोटरसाइकल समेत) सर्लाही जिल्लाभर पूर्णरुमा निषेध गरिएको छ ।’ औषधि उपचार, खाद्य वस्तु खरिद, पेट्रोलियम पदार्थ खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन समेत उनले बताए ।

सीमानाका सिल गरेसँगै भारतीय सिमा स्थित मुख्य मलङ्ग्वा नाकाको अनुगमन गर्दै सर्लाही प्रहरी प्रमुख एसपी विश्वमणी पोखरेल । तस्बिरः एसपी यादव

अत्यावश्यक उपभोग्य सामाग्रीहरु बिक्री गर्ने किराना पसलहरु, पेट्रोल पम्पहरु, ग्यास डिपोहरु, औषधि पसलहरु बाहेक बजारमा रहेका अन्य पसलहरु बन्द गर्ने प्रजिअ जिशीले जनाए ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमणबाट बँच्न र बँचाउन चैत ९ गते आइतबारदेखि नै सर्लाहीका सबै सरकारी कार्यालयहरुले सेवा बन्द गरेको छ ।

चैत २१ गतेसम्मका लागि स्वास्थ्य संस्था बाहेक जिल्लाका नगरपालिका तथा गाउँपालिका सहित सम्पूर्ण सरकारी कार्यालयहरुबाट सेवा बन्द गरिएको हो । संक्रमण फैलन नदिनका लागी अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरिएको स्थानीय तहहरुले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले आइतवार सूचना जारी गर्दै स्थानीय तहसँगै अन्य सरकारी कार्यालय तथा संघसंस्थाहरुलाई चैत २१ गतेसम्मका लागि बन्द गर्ने निर्देशन दिएको थियो ।

गृह मन्त्रालयले अत्यावश्यक काम बाहेक मानिसको भीडभाड हुने सबै कार्यालयहरु तत्कालका लागि बन्द गर्न पत्राचार गरेपछि जिल्लाभरका सबै कार्यालयहरु बन्द गर्न निर्देशन दिइएको प्रजिअ मोहन बहादुर जिसिले जानकारी गराएका छन् ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सर्लाही स्थित भारतसँग जोडिएका सबै सिमानाकाहरु ‘सिल’ गरिएको छ ।

बन्द गरिएका १५ वटै सीमानाकाबाट मानिसहरुको आवातजावत हुन नदिनका लागी सुरक्षाकर्मी तैनाथ गरी निगरानी भइरहेकोे प्रजिअ जिसीले बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय