scheduleआइतवार चैत्र २३ गते, २०७६

कोरोना त्रासः ड्रोनबाट कारको साँचो बुझाउँदै कार कम्पनी


बेइजिङ, ११ चैत । कोरोना भाइरसको कारण मानिस एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न डराइरहेका छन् । कोरोना भाइरसका कारण डराइरहेका मानिसहरुलाई लक्षित गर्दै चीनको एउटा कार कम्पनिले गज्जबको उपाय निकालेको छ । चीनको कार कम्पनी गिलिले आफ्ना ग्राहकको ढोका वा बालकोनीसम्म नै साँचो र ट्रकमा राखेर कार पठाउन सुरु गरेको छ ।

कम्पनीले गत महिना १० फेब्रुअरीमा आफ्नो अनलाइन बिक्री प्रणाली सुरु गरेको छ । यस क्रममा ग्राहकले अनलाइनबाटै कार बुकिङ, डिजाइन मोडिफिकेशन, अनलाइन फाइनान्स र बिमाको पनि सुविधा पाउनेछन् ।

यससँगै ग्राहकका लागि होम डेलिभरीको विकल्प पनि छ । यो क्रममा ग्राहकको सम्पर्कमा कोही पनि कर्मचारी जाँदैनन् । कम्पनीले ड्रोनबाट साँचो पठाउँछ भने ट्रकमा कार ।

Dish_Home

यही सुविधालाई लिएर करिब १० हजार ग्राहकले अर्डर लिइसकेका छन् । कम्पनिले १ लाख १० हजार रजिस्ट्रेसन गर्ने लक्ष्य लिएको छ ।

कम्पनीको उद्देश्य ग्राहकलाई कोरोना संक्रमणबाट सुरक्षित राख्दै डेलिभरी सुनिश्चित गर्नु हो । यसको लागि कम्पनीले ३७० मिलियन आरएमबी रुपैयाँको कोष तयार बनाएको छ ।

कम्पनि आफ्नो साधनलाई सुरक्षित, बलियो र सफासुग्घर राख्नका लागि एन्टी ब्याक्टेरियल र एन्टी जर्म्स फिचर्स पनि प्रदान गरिरहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय