scheduleबिहिवार चैत्र २० गते, २०७६

कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानका १२५ जना सम्पर्कमा

काठमाडौं, ११ चैत । कोराना भाइरसबाट संक्रमित भएकी युवती सवार विमानमा १५८ जना रहेको पुष्टी भएको छ । उनीहरु मध्ये १२५ जना सम्पर्कमा आएको र बाँकिसँग सम्पर्क  गर्ने प्रयास भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

कतार एयरवेजको उडान ‘क्यूआर ६५२ मा चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

Dish_Home

त्यो दिन कतार एयरवेजको तीन वटा विमान काठमाडौंमा अवतरण भएको विभागले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यागमन विभागसँग तीन वटै विमानमा रहेका यात्रुको विवरण मागेको थियो ।

मन्त्रालयले उक्त विमानमा रहेका सबै १५८ यात्रुको विवरण प्रहरी प्रधान कार्यालय पठाएको छ र, उनीहरुसँग सम्पर्क गरेर स्वास्थ्य परीक्षण र निगरानी गर्न भनेको छ ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय