scheduleबिहिवार चैत्र २० गते, २०७६

कोरोना सङ्क्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यू


काठमाडौं, ११ चैत । विश्वव्यापी संकट बन्दै गएको कोरोना संक्रमणका कारण अमेरिकामा एक नेपालीको मृत्यू भएको छ । मृत्यू हुनेमा पाँचथरको रानीगाउँ स्थायी घर भएर विगत १५ वर्षदेखि अमेरिका बस्दै आएका ५० वर्षीय अनिल लिम्बु रहेका छन् ।

अमेरिकाको न्यूयोर्कमा अनिल लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङलाई उद्धृत गर्दै विश्वन्यूज डट कमले खबर लेखेको छ ।
मधुमेह र प्रेसरबाट पीडित उनलाई ज्वरो बढेपछि अस्पताल भर्ना गरिएको थियो । उनको अमेरिकाको समयअनुसार मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना भाइरसको संक्रमणपछि उनलाई कुइन्सस्थित एल्मस्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । लिम्बुलाई अस्पताल भर्ना गरेपछि उनका परिवारका सबै सदस्यको स्वाब परीक्षणमा पठाइएको र मंगलबारसम्म रिपोर्ट आउने बताइएको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय