scheduleसोमवार आश्विन ५ गते, २०७७

प्रदेश २ : कोरानाविरुद्ध आठवटै जिल्लामा बजेट

काठमाडौं, ११ चैत । कोरोना भाइरसको संक्रमणबाट सतर्कता अपनाउन प्रदेश २ सरकारले आवश्यक तयारीका लागी आठ वटै जिल्लामा बजेट पठाएको छ । कोरोना भाइरस छिर्न नदिन भन्दै पूर्व तयारीका निम्ति प्रदेशका सबै जिल्लालाई आवश्यक बजेट उपलब्ध गराएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेशका आठ वटै जिल्लाका विपद् व्यवस्थापन समिति, सशस्त्र प्रहरी र अस्पतालहरुलाई यस्तो बजेट दिइएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका विपद् व्यवस्थापन समितिलाई ५० लाखका दरले रकम पठाइएको बताए ।

उनले यो रकम कोरोनाविरुद्व सतर्कता अपनाउन दिइएको बताए । यस्तै, आठ जिल्लाकै सशस्त्र प्रहरीलाई २० लाखका दरले पठाइएको छ । सीमामा तयारी गर्नका लागि भन्दै सशस्त्र प्रहरीलाई रकम पठाइएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा रहेको विपद् व्यवस्थापन कोष मार्फत् यो रकम पठाइएको हो ।

सामाजिक विकास मन्त्री साहका अनुसार प्रादेशिक अस्पताल जनकपुरधामलाई  १२ लाख र प्रदेश स्वास्थ्य निर्देशनालयलाई  १० लाख दिइएको छ ।

मन्त्री साहले आफ्नो मन्त्रालयबाट सबै जिल्लाको स्वास्थ्य कार्यालयलाई ५ लाखको दरले प्रदान गरिएको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय