scheduleमगलवार चैत्र २५ गते, २०७६

प्रदेश नं. २ मा सेना र सशस्त्रको संयुक्त टोली परिचालन

फाइल फोटो

काठमाडौं, ११ चैत । सरकारले आह्वान गरेको लकडाउन उल्लंघन गरेको पाइएपछि प्रदेश नं. २ मा सेना र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

प्रदेश नं २ स्थित सुरक्षा समितिको निर्णयपछि प्रदेश नं २ का विभिन्न क्षेत्रमा सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएका हुन् । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार प्रदेश नंं दुई सेना र सशस्त्र गरि ६ हजार पाँच सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

उनले भने, ‘प्रदेश नं २ मा सेना र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएका छन् । नेपाल प्रहरीको आग्रहलाई नटेरेपछि यस्तो निर्णय गर्नु परेको हो । अहिले ६ हजार ५ सयको संख्यामा संयुक्त सुरक्षाकर्मी परिचालन भएका हुन् ।’

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय