scheduleआइतवार चैत्र २३ गते, २०७६

दूरसञ्चार कम्पनीलाई रिचार्ज गरे बराबर रकम बोनस दिन निर्देशन


काठमाडौँ, ११ चैत । नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्ताले रिचार्ज गरे बराबरको रकम बोनस दिन दूरसञ्चार कम्पनीलाई निर्देशन दिएको छ ।

प्राधिकरणको मंगलबार अनलाइनमार्फत् बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिएको जानकारी अनुसार प्राधिकरणको निर्णय मंगलबारै सेवा प्रदायकहरुलाई पठाइसकिएको छ ।

बैठकले ब्यालेन्स सकिएमा २ सय रुपैयाँसम्म सापटी दिन पनि निर्देशन दिइएको खनालले जानकारी दिए ।

Dish_Home

नेपाल टेलिकमले भने सिधै बोनस दिनेभन्दा सोही रकम बराबरको भ्वाइस र डाटामा बोनस दिने तयारी गरेको जनाएको छ । सिधै ब्यालेन्स दिँदा कर आकर्षित हुने नेपाल टेलिकमको तर्क छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय