scheduleशनिवार जेष्ठ २४ गते, २०७७

बस्ताकोटीको ‘सँगैसँगै’ गजलमा बसन्तको स्वर


काठमाडौं, ११ चैत । कञ्चन म्युजिक इन्टरटेनमेन्टले हालै ‘सँगैसँगै’ बोलको कर्णप्रिय गजल अमेरिकाको नर्थ क्यरोलाइनाबाट युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । गजलकार डा. ऋषि बस्ताकोटीको रचना र बसन्त खड्काको स्वर तथा संगीत रहेको उक्त गजलमा दीप तुलाधरले संगीत संयोजन गरेका छन् ।

गजलको भोकल रेकर्डिङ् नर्थ क्यरोलाइना निवासी समिर सायमीले गरेका हुन् भने म्युजिक रेकर्डिङ् र सम्पादनको काम काठमाडौँको कमलपोखरी स्थित भ्वाइस रेकर्डिङ स्टुडियोमा गरिएको हो । यो गजलको ध्वनि सम्पादन (अडियो एञ्जिनियरिङ्ग) दीप तुलाधरले गरेका छन् भने दृश्य सम्पादन अल्बर्ट बस्ताकोटीको रहेको छ ।

‘कन्चन’ गीत गजल एल्बमको तयारीमा रहेका बसन्त खड्काले ‘सँगैसँगै’ गजल कन्चन एल्बमको शीर्ष गजलको रुपमा रहने बताए ।

Dish_Home

गायनमा तीन दशक लामो अनुभव बनाइसकेका ‘छाल झैँ कपाल’ र ‘पिउँदा पिउँदा’ जस्ता कालजयी गीतका गायक बसन्त खड्का र गजल लेखनमा दुई दशक भन्दा लामो इतिहास बनाएका डा ऋषि बस्ताकोटीको सहकार्यमा आएको ‘सँगैसँगै’ गजलले पनि स्रोताहरुको मन जित्ने विस्वास गरिएको छ ।

गजलकार डा बस्ताकोटीका अनुसार कोरोना भाइरसले विश्वलाई नै त्रस्त बनाएको समयमा सार्वजनिक गरिएको यो गजलले सुख दुःखमा पारिवारिक साथ सहयोगको महत्व र आपसी प्रेमलाई झल्काउँछ । घरमा बसेर पारिवारिक वातावरणमा सुन्न उपयुक्त खालको गजल बनेको बस्ताकोटीले बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय