scheduleमगलवार चैत्र २५ गते, २०७६

धर्मको नाममा अफवाह फैलाउने आचार्य प्रहरी नियन्त्रणमा

कास्की, ११ चैत । धर्मको नाममा झुठा एवं भ्रामक अभिव्यक्ति दिई अफवाह फैलाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले ३२ वर्षीय केशव आचार्यलाई पक्राउ गरेको छ । जुम्ला स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका (३२) खुदीमा बस्दै आएका आचार्य पावरहाउसका पास्टर समेत हुन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

आचार्यले मानिसहरु जम्मा गरी धर्मको नाममा झुठा एवं भ्रामक अभिब्यक्ति दिई विश्वले सामना गर्नु परिरहेको महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न विपद्को लाभ लिई झुठा, भ्रमपूर्ण अभिव्यक्तिको भिडियो बनाई युट्युब तथा सामाजिक सञ्जालहरुमा समेत अपलोड र शेयर गरेका थिए ।

Dish_Home

खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय