scheduleबिहिवार चैत्र २० गते, २०७६

सिंगो भारत २१ दिनका लागि ‘लकडाउन’


नयाँ दिल्ली, ११ चैत । कोरोना भाइरसको प्रकोपलाई रोकथाम र नियन्त्रण गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगो भारतमा ‘लकडाउन’को घोषणा गरेका छन् ।

प्रधानमन्त्री मोदीले मंगलबार राति ८ बजे सम्बोधन गर्दै भारतका ३२ राज्यमा पर्ने सबै ५६० जिल्लामा २१ दिनका लागि लकडाउन घोषणा गरेका हुन् । लकडाउन मंगलबार राति १२ बजेबाट लागू हुनेछ ।

उनले भारतमा जनता कर्फ्यूको सफलताका लागि सिंगो देशलाई धन्यवाद दिए । लकडाउनको क्रममा लापरवाही गर्नेसँग रुष्ट देखिएका मोदीले देश बचाउनका लागि सिंगो देशलाई घोषित गरेका हुन् ।

Dish_Home

उनले सम्बोधनको क्रममा पटकपटक हात जोडेर घरबाट बाहिर ननिस्कन आग्रह गरे । उनले लकडाउनबाट देशले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने स्वीकार गर्दै भने, ‘तर, एक एक भारतीयको जीवन बचाउनका लागि, मेरो, भारत सरकारको, देशको हर राज्यको सरकारको, हर स्थानीय निकायको, सबैभन्दा धेरै प्राथमिकता छ ।’

उनले यो लकडाउनलाई एकप्रकारको कर्फ्यू नै भएको बताए । यो जनता कर्फ्यूभन्दा कडा हुने बताए । भारतमा कोरोना संक्रमणको ५१९ केस भेटिएको छ भने ९ बिरामीको मृत्यू भइसकेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय