scheduleआइतवार चैत्र २३ गते, २०७६

सबै बैंकका एटिएम देशैभर चल्ने, केही शाखाहरु सीमित समयका लागि खुल्ने


काठमाडौं, ११ चैत । काठमाडौं उपत्यकाका विभिन्न बैंकहरुले आफ्ना शाखा खुल्ला राख्ने भएका छन् । देशमा भएको ‘लकडाउन’को समयमा अत्यावश्यक कारोबार नरोकियोस भन्दै बैंकहरुले आफ्ना एक/एक शाखा खुल्ला राख्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार कर्मचारीको सुरक्षालाई समेत ध्यानमा राख्दै एक मात्रै भए पनि शाखा खोल्ने भएको हो ।

‘एटिएम’ सेवा भने देशैभर २४ घन्टा सञ्चालनमा रहने छन् । उपत्यका बाहिराका बैंकहरुले स्थानीय प्रशासनसँग समन्वय गरी अवस्थ हेरेर निश्चित समयका लागि बन्द गर्ने वा खोल्ने निर्णय गर्नसक्ने राष्ट्र बैंकले जनाएको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय