scheduleबिहिवार जेष्ठ २२ गते, २०७७

लकडाउनको समय आफ्नो बालबालिकाका लागि यसरी गर्नुहोस् सदुपयोग

Image result for family time

एजेन्सी, ११ चैत । कोरोना संक्रमणको प्रकोपको रुपमा फैलिएसँगै नेपाल सरकारले देशभरि नै लकडाउन गरेको छ । हालका लागि कम्तिमा एक हप्तासम्म लागू हुने भनिएको उक्त लकडाउनका कारण विद्यालय, कलकाराखाना, कार्यलय सबै बन्द छन् । यसकै परिणामस्वरुप सधैं छुट्टिएर रहने परिवारका सदस्यहरु अहिेले एकठाउँमा भेला हुन आएका छन् ।

कोरोना भाइरसको संक्रमणको कारण सामान्य दिन झैं हामीलाई बारिह हिँडडुल गर्नसक्ने अवस्था पनि छैन । अब कोठमा मै आफ्नो परिवारसँग थुनिएर बस्नु पर्ने यो बाध्यतालाई हामी सुनौलो अवसरको रुपमा प्रयोग गर्न सक्छौं । हामी हाम्रा बच्चाहरुका लागि यो समयको राम्ररी सदुपयोग गर्नसक्छौं ।

Dish_Home

१. योजना बनाउनुहोस्
विदाको समयमा घर बसेर बच्चाहरुलाई अल्छी नबनाईकन सृजनात्मक काममा परिचालन गर्न तथा उनीहरुको दैनिकीलाई एउटा रुटिनमा ढाल्न तपाई योजना बनाउन सक्नुहुन्छ । दैनिक राती एउटा योजना बनाउनुहोस् र अर्को दिन त्यो योजना अनुसार बच्चालाई परिचालन गर्नु भयो भने उनीहरुबाट हुने झन्झट पनि टुंगो लाग्छ र बच्चाबाट पनि उत्पादकत्व प्राप्त गर्न सकिन्छ ।

२. दैनिकी काम सिकाउनुहोस्
सामान्य दिनहरुमा तपाई भ्याई नभ्याई आफू सम्पूर्ण घरको कामहरु गरेर बच्चाको स्यहारमा आफ्नो समय खर्च गर्नुहुन्छ । तर विदाको समयमा तपाईले घरमा बसेर त्यहीँ बच्चालाई सामान्य दैनिकी कामहरु सिकाउनु भयो भने समय सदुपयोग हुनुका साथै अर्कोपटकबाट तपाईलाई सहयोग गर्ने अरु हातहरु थपिनसक्छ ।

३. घरेलु शैक्षिक अभ्यास
तपाईको बच्चाको शैक्षिक संस्था अहिले बन्द भएको छ । यो अनिश्चितकालीन विदामा बच्चाको पढ्ने लेख्ने बानीलाई कायम राख्न तपाईले घरमा नै अभ्यासहरु गराउनसक्नुहुन्छ । यसका लागि परम्परागत किताबी ज्ञान बाहेक बच्चालाई नयाँ प्रविधिमा आधारित शिकाई पद्धतिहरुसँग साक्षात्कार गराउनुहोस् । युट्युब च्यानल, एआर एप्स, स्पेसवार अपराइजिङ, किडोपिया आदि जस्ता लर्निङ वेबसाइटहरुबारे बच्चालाई सिकाउनुहोस् पढाउनुहोस् र चलाउन सिकाएर प्रविधिसँग अभ्यस्त बनाउनुहोस् । यो सानो प्रयासले बच्चा समयसँगै हुने विकाससँग अभ्यस्त हुन्छन् ।

४. शारीरिक स्वास्थ्यको शिक्षा दिनुहोस्
तपाईको फुर्सद र बच्चाको फुर्सद एकसाथ शारीरिक शिक्षामा सदुपयोग गर्नुहोस् । आफूसँग विहान योगा, शारीरिक ब्याम आदिमा संलग्न गराउनुहोस् । बच्चाहरुलाई शान्त गर्नका लागि काम र ब्रिद जस्ता एप्सहरुको प्रयोग गराउनुहोस् ।

५. मनोरञ्जन र शिक्षा दिनुहोस्
यो समय तपाई बच्चालाई स्पोटीफाई, साउण्ड क्लाउड, एप्पल पोडकास्ट, एलेक्जा, साभनजस्ता विभिन्न एप्सबाट डिजिटल अडियोको एपिसोड पोडकास्टहरु सुनाउन सक्नुहुन्छ । यसमा कहानीहरु, लोककथा, चर्चित व्यक्तिहरुको अडियो, खेल र अन्य धेरै जानकारी हरु हुन्छन् । यसअलावा बच्चाहरुको उमेर अनुसार चाहिने बाहिर पुस्तकहरुको होम डेलिभरी गराएर पनि तपाई उनीहरुको ज्ञान वृद्धि गराउन सक्नुहुन्छ । यसअलावा बच्चालाई इनडोर गेम सिकाउनुहोस् ।

६. कला सिकाउनुहोस्
युट्युब जस्ता वेबसाइटहरु अथाह ज्ञानको सागर हो । तर सबैले यसमा पाइने ज्ञानको सदुपयोग गर्नसक्दैनन् । तपाई छुट्टिमा हुनुहुन्छ भने तपाई यो समय सदुपयोग गर्नुहोस् । युट्युबहरुमा हुने सामाग्री बनाउने विभिन्न भिडियो बच्चालाई देखाएर त्यसलाई अभ्यास गर्न लगाएर सृजनात्मक काममा परिचालन गर्नुहोस् । विभिन्न हेण्डीक्राफ्ट बनाउने, फेसमा कलर गराउने, जस्ता विभिन्न आईडियाहरु सिकाउनसक्नुहुन्छ ।

सेल्फ क्वारेन्टाइनको यो विदालाई यसरी सदुपयोग गर्नु भयो भने तपाई कोरोनाबाट बच्नुका साथै बच्चाप्रतिको वास्तविक जिम्मेवारीलाई निभाएर असल अभिभावक पनि बन्नसक्नुहुन्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय