scheduleशनिवार आश्विन १० गते, २०७७

भारतीय जनतामाथि यसरी भड्कीए अक्षय कुमार

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारले भारतीय जनतामाथि आक्रोश व्यक्त गरेका छन् ।
कोराना संक्रमणको सन्त्रास व्याप्त भएपछि जोखिमलाई कमि गर्न सरकारले जारी गरेको लकडाउनलाई अवज्ञा गरेको भन्दै अक्षयले जनतााहरुमाथि आक्रोश पोखेका हुन् ।

अक्षयले सरकारको निर्देशनलाई अवज्ञा गरेर मानिसहरुले आफ्नो संगै अरुको ज्यानलाई पनि जोखिममा पुर्याएको भन्दै आक्रोश व्यक्त गरे ।
अक्षयले आफ्नो आधिकारिक सोसल मिडिया अकाउन्टमार्फत भिडियो जारी गर्दै त्यस्तो खरो अभिव्यक्ति दिएका हुन् ।

उनले भनेका छन्,‘म सबै कुरामा आफ्नो मनको कुरा बडो प्रेमपूर्ण तरिकाले भन्छु । तर आज कस्सम मलाई निकै रिस उठिरहेको छ कि मेरो मुखबाट कुनै गलत शब्द मलाई माफी गरिदिनुहोला । मेरो दिमाग खलबलिएको छ । मानिसहरुलाई के भएको यो । कसलाई लकडाउनको अर्थ थाहा नभएको हो ।’

उनले थप अगाडी मानिसहरुले आफूसँग आफ्नो परिवारलाई पनि अस्पतालको बोटो तिर नलग्न भनेका छन् ।

उनले विश्वनै यो रोगको अगाडी कमजोर भएको अवस्थामा मानिसहरुलाई डर राख्न आह्वान गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय