scheduleआइतवार चैत्र २३ गते, २०७६

सामसङ ग्यालेक्सी ए ३१ रिलिजः उत्कृष्ट ब्याट्री ब्याकअप


एजेन्सी, १२ चैत । चिनियाँ स्मार्टफोन निर्माणकर्ता कम्पनी साओमी, हुवावे र अन्य कम्पनीहरुको अगाडि गत वर्ष सामसङको ए सिरिज निकै ठूलो चुनौती बनेर उत्रिएको थियो । अहिले त्यहीँ सिरिजको दोस्रो डिभाइस २०२० मा बजारमा आएको छ । सामसङले भर्खरै यो सिरिजको दोस्रो जेनेरेसन फोन द अल न्यू ग्यालेक्सी ए ३१ सार्वजनिक गरेको छ ।

सामसङले उक्त फोनलाई मंगलबार बिना प्रचारप्रसार आफ्नो वेबसाइटमा सर्वाजनिक गरेको छ । यो मिड रेन्ज वर्गको फोन हो ।

यो फोनमा ओक्टा कोर प्रोसेसर प्रयोग भएको छ । यसमा चार जीबी, ६ जीबीका रेम भेरियन्टहरु छन् भने ६४ जीबी र १२८ जीबीको एक्सपाण्डेवल स्टोरेज भेरियन्टहरु रहेका छन् ।

Dish_Home

यसमा ६.४ इन्चको एफएचडी प्लस ओलेड स्क्रिन छ जसमा बेजललेस स्क्रिन र एउटा वाटरड्रप नोच छ ।

यो फोनको ब्याट्री भने एकदमै राम्रो छ । यसमा ५ हजार एमएएचको ब्याट्री रहेको छ । २०२० मा सार्वजनिक भएको फोरजी फोनमध्ये यो स्तरको ब्याट्री क्षमता भएको यो पहिलो फोन हो । यसमा १५ वाटको चार्जिङ छ । यसको कारण यो फोन छिटै चार्ज हुन्छ ।

यसको क्यामेराको चर्चा गर्दा यसमा ४८ मेगापिक्सल्सको मेन क्यामेरा छ, ८ मेगापिक्सल्सको अल्ट्रा वाइड सुटर, ५ मेगापिक्सल्सको म्याक्रो क्यामेरा र ५ मेगापिक्सल्सकै डेप्थ सेन्सर ।

यसमा सामसङ पे, एनएफसी, इन डिस्प्ले फिङगरप्रिन्ट सेन्सर, ३.५ एमएमको पोर्ट रहेको छ । यो फोनको मूल्यबारे हालसम्म केही खुलासा गरिएको छैन । तर यसलाई भारतमा २३० डलरमा लन्च गरिन सकिने अपेक्षा गरिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय