scheduleबिहिवार चैत्र २० गते, २०७६

इटालीमा कोरोना भाइरसः एकदिनमै ७४३ जनाको मृत्यु, डाक्टरहरु पनि संक्रमित

काठमाडौँ, १२ चैत । इटालीमा कोरोना भाइरसको कारण मंगलबार ७४३ जनाले ज्यान गुमाएका छन् । हालसम्म भाइरसका कारण मर्नेहरुको संख्या ६८२० पुगेको छ । मंगलबार सम्मको तथ्यांकका अनुसार संक्रमित हुनेको संख्या ६९ हजार १७६ पुगेको छ । मंगलबार झण्डै ५ हजार २४९ नयाँ केशहरु देखिएका छन् । त्यस्तै सातहजार जनाभन्दा बढी निको भएर घर फर्किएका छन् ।

बितेको एक हप्तामा इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सबैभन्दा अधिक रहेको छ । एक दिनमै पाँचसय भन्दा बढी मानिसहरुको ज्यान गइरहेको छ ।

Dish_Home

मिडिया रिपोर्टका अनुसार उपचारका लागि खटिएका डाक्टरहरु समेत कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै औषधि अभावमा उनीहरुको ज्यान गएको छ ।

हालसम्म २३ जना डाक्टरको ज्यान गएको छ । शब जलाउने ठाउँको अभाव भएको अधिकारीहरुले बताएका छन् ।

केही दिन यता सैनिकको गाडी प्रयोग गरेर लाशहरु व्यवस्थापन गर्ने काम भएको छ । हस्पिटल बाहिर सैनिकको गाडीको लाम लाग्ने गरेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय