scheduleबिहिवार चैत्र २० गते, २०७६

स्पेनमा कोरोना भाइरसः औषधी अभाव भएपछि मर्नेको संख्या बढ्यो

काठमाडौँ, १२ चैत । इटाली र अमेरिकापछि कोरोनाले स्पेनमा ताण्डप मच्चाइरहेको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या ४२ हजार नाघेको छ । त्यस्तै मंगलबार मात्रै ६८० जनाको मृत्यु भएको छ । हालसम्म भाइरसका कारण २९९१ जनाको मृत्यु भएको छ ।

मंगलबार मात्रै स्पेनमा झण्डै सात हजार नयाँ संक्रमित फेला परेका छन् । यति धेरै संक्रमित एक दिनमा नै फेला परेको र संक्रमितहरुको ज्यान गएको यो पहिलो घटना हो ।

Dish_Home

मिडिया रिपोर्टका अनुसार स्पेन पनि कोरोना भाइरसका कारण थलिएको छ । स्पेनमा औषधिको चरम अभाव भएको छ ।

स्पेनिस सरकारले अन्य देशसँग सहयोगको अपेक्षा गरेको छ । औषधि अभावका कारण पछिल्लो समय मर्नेहरुको संख्या उच्च रहेको अधिकारीहरुले जनाएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय