scheduleबिहिवार चैत्र २० गते, २०७६

युरोपमा कोरोना भाइरसः स्पेन र इटालीपछि सबैभन्दा बढी संक्रमति भएका देशहरु

काठमाडौँ, १२ चैत । युरोपमा कोरोना भाइरसका कारण संकट वर्षिएको छ । मिडिया रिपोर्टका अनुसार यो भाइरसका कारण युरोप लगायत विश्वका धेरै देश ठुलो संकटमा रहेका छन् । जर्मनीमा ३२९९१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । एकदिनमा नै ३९३५ जनामा यो भाइरस देखिएको छ । त्यस्तै भाइरसका कारण हालसम्म १५९ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण फ्रान्समा हालसम्म ११०० जनाको मृत्यु भएको छ । त्यस्तै २२३०४ जनाभन्दा बढी संक्रमित भएका छन् । फ्रान्समा एक दिनमा नै २४४८ जना संंक्रमित भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

Dish_Home

स्वीजरल्याण्डमा ९८७७ जना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म १२२ जनाको मृत्यु भएको रिपोर्टमा उल्लेख छ ।

त्यस्तै युकेमा कोरोना भाइरसका कारण ४२२ जनाको मृत्यु भएको छ । ८०७७ जना भाइरसबाट संक्रमति भएका छन् ।

नेदरल्याण्डमा कोरोना भाइरसका कारण २७६ जनाको मृत्यु भएको छ । त्यस्तै ५५६० भन्दा बढी संक्रमित रहेका छन् ।

अष्ट्रियामा कोरोना भाइरसका कारण २८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ५२८३ पुगेको छ । बेल्जियममा कोरोना भाइरसका कारण १२२ जनाको मृत्यु भएको छ । तीब्र रुपमा फैलिएको भाइरसका कारण ४२६९ जना संक्रमित भएका छन् । स्पेन, इटालीपछि यी देशहरुमा कोरोना भाइरस तीव्र रुपमा फैलिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय