scheduleबिहिवार चैत्र २० गते, २०७६

भारतमा कोरोना भाइरसः यस्तो छ पछिल्लो रिपोर्ट

काठमाडौँ, १२ चैत । भारतमा कोरोना भाइरसका कारण हालसम्म १० जनाको ज्यान गएको छ । त्यस्तै संक्रमितहरुको संख्या ५३६ पुगेको छ । मंगलबारमात्रै ३७ जना नयाँ संक्रमित फेला परेका हुन् । संक्रमितहरुको संख्या बढ्दै गएपछि कोरोना भाइरसको प्रकोपलाई रोकथाम र नियन्त्रण गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगो भारतमा ‘लकडाउन’को घोषणा गरेका छन् ।

प्रधानमन्त्री मोदीले मंगलबार राति ८ बजे सम्बोधन गर्दै भारतका ३२ राज्यमा पर्ने सबै ५६० जिल्लामा २१ दिनका लागि लकडाउन घोषणा गरेका हुन् । लकडाउन मंगलबार राति १२ बजेबाट लागू हुनेछ ।

Dish_Home

लकडाउनको क्रममा लापरवाही गर्नेसँग रुष्ट देखिएका मोदीले देश बचाउनका लागि सिंगो देशलाई घोषित गरेका हुन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय